शुक्रबार, साउन २७, २०७९
शुक्रबार, साउन २७, २०७९

४० रनले नेपाल पराजित

जान निकोलले जे स्मिटसँग २२ रनसँग छैटौँ विकेटका लागि साझेदारी गर्दै नामिबियालाई ३४.६ ओभरमा १४४–६ को स्थितिमा राखे ।

नेपाल अनलाइन पत्रिका – काठमाडौं। आइसिसी विश्वकप लिग २ क्रिकेट प्रतियोगितामा नेपाल नामिबियासँग ४० रनले पराजित भएको छ । स्कटल्यान्डको आयर मैदानमा सोमबार नामिबियाले पहिलो ब्याटिङ गरी ४७.३ ओभरमा सबै विकेट गुमाउँदै दुई सय २० रनको योगफल खडा गरेको थियो ।

प्रत्युत्तरमा नेपाल ४६.५ ओभरमा एक सय ८० रनमा अलआउट भयो । हारसँगै अंक तालिकामा नेपाल छैटौँ स्थानमा झरेको छ । नेपालमाथि सहज जित निकालेको नामिबिया १६ अंकका साथ पाँचौँ स्थानमा उक्लेको छ । नामिबियाले १६ तथा नेपालले १५ अंक जोडेको छ । लक्ष्य पछ्याएको इनिङमा नेपालका लागि आरिफ सेखले मात्र उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेका थिए ।

उनले ८४ बलमा ५० रनको अर्धशतकीय योगदान दिँदा दुई चौका प्रहार गरे । नेपालका लागि ओपनर कुशल भुर्तेलले २७ रन तथा देव खनालले ३४ रन बटुले । देवले ६५ बलमा दुई चौका र कुशलले ४६ बलमा २७ रन बनाए । नेपालका अलराउन्डर करण केसीले ११ बलमा दुई चौका र एक छक्का प्रहार गरी १९ रन बटुले ।

यसअघि टस हारी पहिलो ब्याटिङ गरेको नामिबियाका लागि छैटौँ क्रमका ब्याट्सम्यान जान निकोला इटोनले सर्वाधिक ६० रनको योगदान दिएका थिए । उनी क्रिजमा आउँदा नामिबिया १२२–५ को अवस्थामा थियो । जान निकोलले लगातार तीन विकेटका लागि गतिलो साझेदारी गर्दै नामिबियालाई दुई सय रनको योगफल कटाए ।

जान निकोलले जे स्मिटसँग २२ रनसँग छैटौँ विकेटका लागि साझेदारी गर्दै नामिबियालाई ३४.६ ओभरमा १४४–६ को स्थितिमा राखे । स्मिटले १४ बलमा समान एक चौका र छक्का प्रहार गरी १७ रनको योगदान दिए । स्मिट सन्दीप लामिछानेको ओभरमा कट एन्ड बोल्ड भए ।

जान निकोलले डेभिड बिएसेसँग साताँै विकेटका लागि ५० रनको साझेदारी गर्दै नामिबियालाई ४२.६ ओभरमा १९४–७ को अवस्थामा राखे । डेभिडले २३ बलमा दुई चौकाको सहयोगमा १७ रनको योगदान दिए । बलिङका क्रममा सन्दीपले दश ओभरमा ५४ रन खर्चेर चार विकेट हात पारे । यसैगरी, सोमपालले ४४ रनमा दुई विकेट लिए ।

बसिरको डेब्यु

नेपालबाट स्पिनर बसिर अहमेदले नामिबियाविरुद्ध डेब्यु गरेका छन् । करणसँगै बसिरले पहिलो स्पेलमा बलिङ अवसर गर्न पाए । उनले आफ्नो डेब्यु खेलमा ७.३ ओभर बलिङ गरी १८ रन खर्चेर एक विकेट लिए । उनले वान फ्याक्लिनलाई बोल्ड गर्दै पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय विकेट लिएका हुन् । ब्याटिङका क्रममा उनले नौ बलमा तीन रन बनाए ।

spot_img

Ads Space Available

यस ठाँउमा तपाईंको विज्ञापन राख्नको लागि हामीलाई सम्पर्क गर्नुहोला!

सेवाग्राहीहरुले अनलाइन मार्फत् आवेदन दिन सक्नेछन् । अत्यधिक चापको कारण वा दैनिक कोटा सकिएको भए पनि अर्को मितिको लागि आवेदन दिन सकिन्छ ।

रुसले मंगलबार दक्षिणी कजाकिस्तानबाट इरानी भूउपग्रहलाई कक्षमा प्रक्षेपण

रसिया र इरानबीचको नयाँ अन्तरिक्ष सहयोगबाट चिन्तित छन्, डर छ कि उपग्रहले रूसलाई युक्रेनमा मात्र मद्दत गर्दैन तर इजरायलमा सम्भावित सैन्य लक्ष्यहरूको निगरानी गर्न इरानलाई "अभूतपूर्व क्षमताहरू" प्रदान गर्दछ।

दुई टाउका भएको पाडो जन्मायो भैंसीले

दुईवटा टाउकासँगै दुई मुख र चार आँखा स्पष्ट छुट्टिएको पाडो बच्न भने नसकेको खत्रीले बताउनुभयो । भैंसीको अवस्था भने सामान्य छ ।

माधव नेपाल: कुनैपनि बेला चुनावको मिति घोषणा हुनसक्छ !

शुक्रबार पार्टीको वागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले मंसिरमा चुनाव हुने भएकाले त्यसको चार महिनाअघि मिति घोषणा गर्नुपर्ने भएकाले अब कुनैपनि बेला सरकारले मिति घोषणा गर्नसक्ने बताएका हुन् ।

देउवा: गभर्नर अधिकारीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ !

गभर्नर अधिकारीले आफू एमालेको विभागको सदस्य हो कि होइन भनेर पत्राचार गरेर प्रश्न सोधेपछि उनीमाथि झन आशंका बढेको हो ।

सम्बन्धित समाचार

लिभरपुलको उपाधि होडमा धक्का

शनिबार भएको खेलको ५६ औँ मिनेटमा सन हिउङ मिनले गोल गर्दै स्पर्सलाई अग्रता दिलाएका थिए । तर ७४ औँ मिनेटमा लुइस डियाजले बराबरी गोल फर्काए ।

नासिर यहया हुसेनको कीर्तिमान पौडीमा

नासिरले निर्धारित दुरी २ मिनेट १६.२४ सेकेन्डमा पूरा गर्दा साहे हेम्जा शाहको नाममा रहेको २ मिनेट २३.६९ सेकेण्डको कीर्तिमान तोडेका हुन् ।

आजबाट जिम्बावे ए र नेपालबीचको एकदिवसीय हुँदै

बुधबार सम्पन्न तेस्रो तथा अन्तिम खेलमा आठ विकेटको जितसहित नेपालले शृंंखलामा १-१ को बराबरी गरेको थियो। नयाँ तालिका अनुसार आजबाट तीन एक दिवसीय शृंंखलाअन्तर्गतको पहिलो खेल आयोजना हुन लागेको हो।
nepal online patrika mobile app

Our News App

Get Latest News & Updates, and you can unlock any article you come across.