मङ्लबार, अशोज ११, २०७९
मङ्लबार, अशोज ११, २०७९
Nepal Online Patrika Viber Community

लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा

बोउलय डियाले गरेको गोलबाट युनाई एम्रीको टोलीले खेलको तेस्रो मिनेटमा नै अग्रता लिएको थियो ।

नेपाल अनलाइन पत्रिका – काठमाडौं। दोस्रो लेगमा भिल्लारियालमाथि ३-२ को पुनरागमन जितसँगै लिभरपुल यूईएफए युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भियारियालको मैदानमा भएको खेलको पहिलो हाफमा लिभरपुल २-० ले पछि परेको थियो । तर, दोस्रो हाफमा तीन गोल गरेसँगै इङ्लिस क्लबले च्याम्पियन्स लिगको फाइलनमा स्थान पक्का गरेको हो ।

लिभरपुलले समग्रमा ५-२ को जित निकाल्यो । यसअघि भएको पहिलो लेगमा लिभरपुलले २-० को जित निकालेको थियो ।​ बोउलय डियाले गरेको गोलबाट युनाई एम्रीको टोलीले खेलको तेस्रो मिनेटमा नै अग्रता लिएको थियो ।

४१ औं मिनेटमा फ्रान्सी कोक्युलिनले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारेका थिए । तर, ६१ औँ मिनेटमा फाबिन्होले गोल गर्दै लिभरपुललाई खेलमा फर्काउने कोसिस गरेका थिए । त्यसको पाँच मिनेटपछि लुइस डियाजले गोल गरेपछि लिभरपुल बराबरीमा फर्किएको थियो ।

७४ औँ मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुलको जित निश्चित गरे । लिभरपुलले अब फाइलनमा म्यानचेस्टर सिटी र रियल मड्रिडबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । यी दुई टोलीबीचको दोस्रो लेग बुधबार राति हुँदैछ । फाइनल खेल फ्रान्स राजधानी पेरिसमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
spot_img

Ads Space Available

यस ठाँउमा तपाईंको विज्ञापन राख्नको लागि हामीलाई सम्पर्क गर्नुहोला!

मस्तिष्कको विकासको लागि केही खानेकुरा खान महत्व पूर्ण मान्छिन् । जसको नियमित प्रयोगले स्मरण शक्तिको विकास गर्न सकिन्छ ।

नेपाल र बंगलादेश भिड्दै !

यस्तै,कप्तानमा किरणकुमार लिम्बू फर्किएका छन् । दुबैले बंगलादेशबिरुद्द जित निकाल्ने खेल्ने बताएका छन् ।

पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिनुपर्छ !

कार्यनीतिको फाइदाको लागि रणनीतिको सम्पूर्ण फाइदा लिने र तत्कालिन स्वार्थ लागि लागेको देखिन्छ ।

सास फेर्न गाह्रो भयो भने भिटामिनको कमी हुनसक्छ !

कुनै खास रोगको कारण शरीरमा भिटामिन बी १२ को कमी हुने चिकित्सकहरूले बताएका छन्

आज नेप्से बन्द, सेयर कारोबार नहुने !

सोही कारण नेप्से बन्द हुने भएको हो । अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ ।

सम्बन्धित समाचार

स्पेन र पोर्चुगल १० वर्षदेखि बराबरी खेल्दै

यसअघि स्पेनका लागि खेलको २५ औँ मिनेटमा अल्भारो मोराटाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

मेस्सी चम्किँदा अर्जेन्टिनालाई उपाधि

वेम्बले स्टेडियममा भएको खेलको २८ औँ मिनेटमा मेस्सीको पासमा लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

लखनउ बन्यो प्लेअफ दोस्रो टिम पुग्ने

मुम्बईमा लखनउले दिएको २११ रनको लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ८ विकेट गुमाएर २०८ रनमा समेटियो । उसका लागि कप्तान श्रेयस आयरले सर्वाधिक ५० रन बनाए ।
nepal online patrika mobile app

Our News App

Get Latest News & Updates, and you can unlock any article you come across.