मङ्लबार, अशोज ११, २०७९
मङ्लबार, अशोज ११, २०७९
Nepal Online Patrika Viber Community

नासिर यहया हुसेनको कीर्तिमान पौडीमा

नासिरले निर्धारित दुरी २ मिनेट १६.२४ सेकेन्डमा पूरा गर्दा साहे हेम्जा शाहको नाममा रहेको २ मिनेट २३.६९ सेकेण्डको कीर्तिमान तोडेका हुन् ।

नेपाल अनलाइन पत्रिका – काठमाडौं। नासिर यहया हुसेनले २४ औं राष्ट्रिय खुला तथा उमेर समूहको पुरुषतर्फ २ सय मिटर मिड्लेमा राष्ट्रिय कीर्तिमान रचेका छन् ।

नासिरले निर्धारित दुरी २ मिनेट १६.२४ सेकेन्डमा पूरा गर्दा साहे हेम्जा शाहको नाममा रहेको २ मिनेट २३.६९ सेकेण्डको कीर्तिमान तोडेका हुन् । शाहले सन् २०१९ मा सिगांपुर राष्ट्रिय च्याम्पियनसिपमा सो कीर्तिमान कायम गरेका थिए ।

नारिसले प्रतियोगितको पहिलो दिन बिहीबार पुरुष २ सय मिटर फ्रिस्टायलमा राष्ट्रिय कीर्तिमान रचेका थिए । नासिरले निर्धारित दूरी २ मिनेट ००.९२ सेकेन्डमा पूरा गर्दै शिरिश गुरुङको नाममा रहेको २ मिनेट ०५.७१ सेकेन्डको कीर्तिमान भंग गरेका थिए ।

दुई दिने प्रतियोगितामा १ सय ६४ खेलाडीले विभिन्न ५० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । यसै प्रतियोगिताबाट चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि खेलाडीको प्रारम्भिक छनोट गरिने नेपाल पौडी संघले जनाएको थियो । तर शुक्रबार मात्र एसियन गेम्स भने कोरोना महामारीका कारण अनिश्चितकाल लागि स्थगित भएको छ । पुरुष/महिलामा ८–८ गरी १६ खेलाडी छनोट गर्ने तालिका रहेको थियो ।

पौडी संघका अनुसार यो प्रतियोगिता हंगेरीको बुढापेस्टमा जुन १५ देखि २६ तारिखसम्म हुने १९ औं फिना विश्व च्याम्पियनसिपका लागि खेलाडी छनोटको आधार पनि हो । एक–एक पुरुष/महिला खेलाडी विश्व च्याम्पियनसिपलाई छनोट हुने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • थप समाचार पढ्नुहोस् ⟶
  • पौडी
spot_img

Ads Space Available

यस ठाँउमा तपाईंको विज्ञापन राख्नको लागि हामीलाई सम्पर्क गर्नुहोला!

मस्तिष्कको विकासको लागि केही खानेकुरा खान महत्व पूर्ण मान्छिन् । जसको नियमित प्रयोगले स्मरण शक्तिको विकास गर्न सकिन्छ ।

नेपाल र बंगलादेश भिड्दै !

यस्तै,कप्तानमा किरणकुमार लिम्बू फर्किएका छन् । दुबैले बंगलादेशबिरुद्द जित निकाल्ने खेल्ने बताएका छन् ।

पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिनुपर्छ !

कार्यनीतिको फाइदाको लागि रणनीतिको सम्पूर्ण फाइदा लिने र तत्कालिन स्वार्थ लागि लागेको देखिन्छ ।

सास फेर्न गाह्रो भयो भने भिटामिनको कमी हुनसक्छ !

कुनै खास रोगको कारण शरीरमा भिटामिन बी १२ को कमी हुने चिकित्सकहरूले बताएका छन्

आज नेप्से बन्द, सेयर कारोबार नहुने !

सोही कारण नेप्से बन्द हुने भएको हो । अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ ।

सम्बन्धित समाचार

स्पेन र पोर्चुगल १० वर्षदेखि बराबरी खेल्दै

यसअघि स्पेनका लागि खेलको २५ औँ मिनेटमा अल्भारो मोराटाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

मेस्सी चम्किँदा अर्जेन्टिनालाई उपाधि

वेम्बले स्टेडियममा भएको खेलको २८ औँ मिनेटमा मेस्सीको पासमा लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

लखनउ बन्यो प्लेअफ दोस्रो टिम पुग्ने

मुम्बईमा लखनउले दिएको २११ रनको लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ८ विकेट गुमाएर २०८ रनमा समेटियो । उसका लागि कप्तान श्रेयस आयरले सर्वाधिक ५० रन बनाए ।
nepal online patrika mobile app

Our News App

Get Latest News & Updates, and you can unlock any article you come across.