मङ्लबार, अशोज ११, २०७९
मङ्लबार, अशोज ११, २०७९
Nepal Online Patrika Viber Community

रियलमी क्यू५आई ११ जीबी भर्चुअल र्‍यामका भएको सार्वजनिक

त्यस्तै ९० हर्ज को स्क्रिन रिफ्रेश रेट यो फोनमा पाउन सकिनेछ । ओएसको कुरा गर्ने हो भने यो मोबाइल एन्ड्रोइड १२ मा काम गर्दछ । जसमा रहेर कम्पनीले कस्टम स्किन यूआई उपलब्ध गराउँछ ।

नेपाल अनलाइन पत्रिका – काठमाडौं। रियलमीले आफ्नो स्मार्टफोन लाइनअप विस्तार गर्दै नयाँ मोबाइल रियलमी क्यूफाइभआई स्मार्टफोन सार्वजनिक गरेको छ ।

यो सिरिज अन्तर्गत तेस्रो स्मार्टफोनको रुपमा क्यूफाइभआई सार्वजनिक गरिएको हो । यसको महत्त्वपूर्ण पक्षको कुरा गर्ने हो भने रियलमी क्यूफाइभआई ९० हर्ज रिफ्रेश रेट तथा फुल एचडी प्लस डिस्प्लेका साथ बजारमा ल्याइएको छ ।

फोनको डिस्प्लेको कुरा गर्ने हो भने रियलमीको यो स्मार्टफोनमा ६.५८ इन्चको फुल एचडी प्लस डिस्प्लेका साथ ल्याइएको छ । जसमा १०८०x२४०० पिक्सेल रेजोलुसन रहेको छ ।

त्यस्तै ९० हर्ज को स्क्रिन रिफ्रेश रेट यो फोनमा पाउन सकिनेछ । ओएसको कुरा गर्ने हो भने यो मोबाइल एन्ड्रोइड १२ मा काम गर्दछ । जसमा रहेर कम्पनीले कस्टम स्किन यूआई उपलब्ध गराउँछ ।

स्पिड र मल्टी टास्किङको लागि फोनमा मिडियाटेक डाइमेन्सिटी ८१० अक्टा कोर चिपसेट प्रयोग गरिएको छ । फोनमा १२८ जीबी इन्टरनल स्टोरेज रहेको छ भने त्यसलाई विस्तार गर्न सकिने गरी माइक्रो एसडी कार्ड सपोर्ट पनि दिइएको छ ।

मोबाइलमा छ जीबीसम्मको र्‍याम दिइएको छ । तर यो फोनले ११ जीबीसम्मको भर्चुअल र्‍यामलाई सपोर्ट गर्दछ । जसले तपाईँको फोनमा खाली रहेको स्टोरेज उपयोग गरी तपाईँलाई अतिरिक्त र्‍यामको सुविधा उपलब्ध गराउँछ ।

यसैगरी फोनको क्यामेरा सेटअपको कुरा गर्ने हो भने फोनको पछाडि भागमा दुई ओटा रियर क्यामेरा राखिएका छन् । जसमा १३ मेगापिक्सेलको प्राइमरी क्यामेरा सेन्सरसँगै दुई मेगापिक्सेलको डेप्थ सेन्सर दिइएको छ ।

सेल्फी र भिडिओ कलिङका लागि फोनको अगाडि भागमा ८ मेगापिक्सेलको सेल्फी क्यामेरा सेन्सर राखिएको छ । ३३ वाट फास्ट चार्जिङ सपोर्ट रहेको यो फोनमा पाँच हजार एमएएच क्षमताको ब्याट्री राखिएको छ ।

मूल्यको कुरा गर्ने हो भने रियलमी क्यूआईफाइभको ४ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज रहेको भेरियन्टको मूल्य चीनमा ११९९ युआन अर्थात अर्थात करिब २२ हजार रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
spot_img

Ads Space Available

यस ठाँउमा तपाईंको विज्ञापन राख्नको लागि हामीलाई सम्पर्क गर्नुहोला!

मस्तिष्कको विकासको लागि केही खानेकुरा खान महत्व पूर्ण मान्छिन् । जसको नियमित प्रयोगले स्मरण शक्तिको विकास गर्न सकिन्छ ।

नेपाल र बंगलादेश भिड्दै !

यस्तै,कप्तानमा किरणकुमार लिम्बू फर्किएका छन् । दुबैले बंगलादेशबिरुद्द जित निकाल्ने खेल्ने बताएका छन् ।

पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिनुपर्छ !

कार्यनीतिको फाइदाको लागि रणनीतिको सम्पूर्ण फाइदा लिने र तत्कालिन स्वार्थ लागि लागेको देखिन्छ ।

सास फेर्न गाह्रो भयो भने भिटामिनको कमी हुनसक्छ !

कुनै खास रोगको कारण शरीरमा भिटामिन बी १२ को कमी हुने चिकित्सकहरूले बताएका छन्

आज नेप्से बन्द, सेयर कारोबार नहुने !

सोही कारण नेप्से बन्द हुने भएको हो । अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ ।

सम्बन्धित समाचार

nepal online patrika mobile app

Our News App

Get Latest News & Updates, and you can unlock any article you come across.