नेपाल अनलाइन पत्रिका | काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छन्। राष्ट्रपतिले पुस १७ गते शुक्रबार ४ बजे अधिवेशन आह्वान गरेकी हुन्।
राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा १ बमोजिम अधिवेशन आह्वान गरेकी हुन्। गत शुक्रबार बसेको मन्त्रिरपरिषद बैठकले अधिवेशन आह्वानको लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो।