Tuesday, January 19, 2021

Tuesday, January 19, 2021
Nepal Online Patrika समाचार अविश्वास प्रस्ताव दर्ता प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध

अविश्वास प्रस्ताव दर्ता प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध

Published:

ON:

NEPAL ONLINE PATRIKA

Share Now:

नेपाल अनलाइन पत्रिका | काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (विभाजन)को बाछिटा प्रदेश १ मा पनि परेको छ । आइतवार भिम आचार्यलाई मुख्यमन्त्री प्रस्ताव गर्दै मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

अविश्वास प्रस्तावका प्रस्तावक इन्द्रबहादुर आङ्बो रहेका छन् भने समर्थक लक्षमण तिवारी छन् । आजै २ राज्यमन्त्री र १ मन्त्रीले राजीनामा दिएका छन् ।

sher dhan rai
sher dhan rai

राजीनामा दिनेमा सामाजिक विकासमन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग पर्यटन वन तथा वातावरण विजयकुमार विश्वास छन् ।

लोकान्तरसँग कुरा गर्दै गजमेरले भनिन्, ‘केन्द्रमा जसरी राजनीतिक घटनाक्रम भइरहेको छ, त्यस्तै गरेर प्रदेशमा पनि हुन लागेको हो ।’

मुख्यमन्त्री राईले यसअघि अर्थमन्त्री इन्द्र आङबोलाई बर्खास्त गरेका थिए । प्रदेश १ मा जम्मा ९३ सीट रहेको छ, जसमध्ये ६७ सांसद नेकपाका मात्र रहेका थिए । केन्द्रमा पार्टी विभाजनपछि प्रदेश सभा पनि विभाजित भएको छ ।

अहिले प्रधानमन्त्री ओलीनिकट मानिने मुख्यमन्त्री राईका पक्षमा जम्मा २२ सांसद रहेको अनुमान गरिएको छ भने बाँकी प्रचण्ड-नेपाल पक्षमा छन् ।

केही दिनअघि एक टेलिभिजन अन्तर्वार्तामा बोल्दै प्रधानमन्त्री ओलीले अहिले प्रदेश सरकारहरू जसरी चलिरहेका छन्, त्यसै गरेर चल्न दिए राम्रो हुने बताएका थिए ।

उनले प्रदेश सरकार चलाउन खोजे आफू थप कदम चाल्न बाध्य हुने भन्दै राष्ट्रपति शासन लगाउने चेतावनी दिएका थिए ।

वागमती प्रदेशमा शुक्रवार नै अविश्वासको प्रस्ताव दर्ता भएको छ । केन्द्रबाट शुरू भएको राजनीतिक अस्थीरता अहिले प्रदेशसम्म पुगेको हो ।

सम्बन्धित समाचार

ताजा समाचार